Sajhamanch Archive

झापाका ७६ सहित प्रदेश १ मा ४ सय १८ गरे आत्महत्या

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, विविधा, समाज by .

विराटनगर । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश १ मा ४ सय १८ जनाले आत्महत्या गरेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार चैत ११ गतेदेखि असार १७ गतेसम्म प्रदेश १ का १४ जिल्लामा ४ सय १८ जनाले आत्महत्या गरेका हुन् ।

जसमा २९१ जना पुरुष, १४४ जना महिला, ३४ जना बालिका र २१ जना बालक रहेका छन् । यो अवधिमा आत्महत्या गर्ने धेरै पुरुष देखिएका छन् । त्यस पछि क्रमश महिला, बालिका, बालक रहेका छन् ।

लकडाउनको अवधिमा धेरैले झुण्डिएर आत्महत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार ३७६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसै गरी विष सेवन गरेर ३४ जनाले आत्महत्या गरेका छन् । साथै हामफालेर ५ जना र औजार प्रयोग गरेर ३ जनाले आत्महत्या गरेका प्रदेश प्रहरीको तथ्याङ्कले देखाउछ ।

कुन जिल्लामा कति ?

प्रदेश १ का १४ जिल्ला मध्ये मोरङमा सबै भन्दा धेरै ७८ जनाले आत्महत्या गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । त्यसै गरी झापामा ७६ जना, सुनसरीमा ५८ जना र इलाममा ३७ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै उदयपुरमा २८ जना, खोटाङमा १९ जना र भोजापुरमा १७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा छ । ओखलढुङ्गा, पाँचथर र सोलुखुम्बुमा १६/१६ जनाले लकडाउनको अवधिमा आत्महत्या गरे । साथै तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा १४/१४ जना र धनकुटाका १५ जनाले आत्महत्या गरेका छन् ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *