Sajhamanch Archive

कोरोना रोक्न इस्ट होराइजनको पाइडल ट्यांकी

Published: in समाज by .

मेचीनगर । विश्वव्यापी फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने (पाइडल ट्यांकी) राखेको छ । शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय इस्ट होराइजन मावि अव्बल रहेको छ ।

नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको हो । सेवा दलका विद्यार्थीको सहयोगमा बनाइएको उक्त ट्यांकीको क्षमता ५ सय लिटर रहेको इस्ट होराइजनका शिक्षक महेश खड्काले बताए । हात धुने उक्त ट्यांकी पानीमा सेनेटाइजर प्रयोग गरिएको छ ।

दुवै स्थानमा राखिएको हात धुने ट्यांकी स्थानीय संस्थाको संरक्षणमा रहनेछ । धुलाबार बजार सिरानमा राखिएको ट्यांकीको संरक्षण सन्जीवनी महिला विकास संस्थाले र मोडमा राखिएको टेङ्कीको संरक्षण धुलाबारी युनिटीले गर्ने भएको छ । हात धुने ट्यांकीको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापाले निरीक्षण गरेका थिए ।

हात धुने ट्यांकी राखिएपछि दुवै स्थानमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ । धुलाबारी मोडको कार्यक्रममा मेचीनगर वडा नं १० का वडाध्यक्ष सुवेश पनेरु, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरी, धुलाबारी युनिटीका संयोजक प्रकाश खड्कालगायतले सचेतना मन्तव्य राखेका थिए ।

यस्तै, धुलाबारी सिरानको कार्यक्रममा मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्का, सन्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, सहारा साकोसका निर्मल दाहाल, प्रेम डाँगीलगायतले मन्तव्य राखेका थिए ।

दुवै कार्यक्रममा इस्ट होराइजनका प्रिन्सिपल सन्जीव राईले औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।

सोही अवसरमा धुलाबारी ट्राफिक पोस्टलाई स्वास्थ्य सुरक्षा सामाग्री पनि दिएको छ । साबुन तथा माक्स सर्वसाधारणलाई वितरण पनि गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *