Sajhamanch Archive

विदेशमा अलपत्र ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । कोरोना भाइरसको महामारीले विभिन्न देशमा रोजगार गुमाएर अलपत्र परेका तथा स्वदेश फर्कन चाहाने ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किदैछन्।

आज विभिन्न ६ उडानमार्फत युएई, मलेसिया, कुवेत, कतार लगायतका देशबाट ९ सय ६३ जनालाई ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। नेपाल एयरलाइन्सको जहाजबाट युएईको दुबईबाट आज विहानै १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन्।

नेपाल एयरलाइन्सकै अर्को जहाजले कतारबाट १ सय ५० जना लाई ल्याएको छ। यसैगरी हिमालय एयरलाइन्सका जहाजले कतारबाट विहान ९ बजे तथा मलेसियाबाट दिउँसो साढे १२ बजे समान १५४/१५४ जना नेपालीलाई काठमाडौं ल्याइपु¥याउने छ।

आजै दिउँसो २ बजे मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १ सय ७८ जना तथा कतार एयरवेजको विमानले कतारबाट १ सय ७७ जना नेपाली लिएर दिउँसो सवा १ बजे काठमाडौं आइपुग्ने विभानस्थल कार्यालयले जनाएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *