Sajhamanch Archive

सुशान्तले डायरीमा यस्तो लेखेका रहेछन् , पुर्वप्रेमिका अंकिता सम्हालिन सकिनन्

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले धरती छाडेको पनि दुई हप्ता बढी बितिसकेको छ। सुशान्तले आखिर किन यस्तो कदम उठाए, भन्ने कसैलाई थाहा छैन। उनको आत्महत्यालाई लिएर बलिउडमा अनेक थरिका प्रश्नहरू उठिरहेका छन्। उनको आत्महत्यालाई हत्याको विषय बनाएर बलिउडमा चर्को बहस चलेको छ।

यसैबीच पुलिसले सुशान्तको डायरी फेला पारेको थियो। पछिल्लो समय सुशान्तले डायरीमा के लेखेका थिए भन्ने कुरा सबैको चासोको विषय बनेको छ। सुशान्तलाई पढ्न र लेख्न निकै मन पर्थ्यो। उनले आफ्ना खुसी र दुखका पलहरू डायरीमा लेखेर राख्थे।

उनले डायरीमा आफ्नी पूर्व प्रेमिका अंकिताको बारेमा धेरै लेखेका रहेछ। सो पढेर अंकिता निकै भावुक बनेकी छन्। सुशान्त गएदेखि अंकिता शो’कमा डुबेकी थिइन्। यस्तोमा सुशान्तले डायरीमा आफ्ना लागि लेखेका शब्दहरू पढेर अंकिताले आफूलाई स’म्हाल्न सकेकी छैनन् ।

डायरीमा सुशान्तले अंकिता आफ्नो निकै मिल्ने साथी अनि प्रेमिका भएको लेखेका छन्। अंकिता यस्ती साथी जसले सुशान्तको संघर्षलाई नजिकैबाट देखेकी छन्। जस्तोसुकै परिस्थितिमा पनि आफूलाई साथ दिने एक मात्र साथी अंकिता रहेको उनले डायरीमा लेखेका छन्।

अंकिताजस्तो साथी आफूले कहिल्यै नपाउने र आज पनि अंकितालाई धेरै मिस गर्ने कुरा सुशान्तले डायरीमा उल्लेख गरेका छन् । आफूहरू पवित्र रिस्तामा भेटिएको र आफूहरूको सम्बन्ध निकै पवित्र रहेको कुरा पनि सुशान्तले लेखेका छन् । आफ्ना लागि लेखिएका यी शब्दहरू पढेर अंकिता निकै भावुक बनेकी छिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *