Sajhamanch Archive

रोजागारीका लागि कोरिया जान पाउनुपर्ने भन्दै प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । इपिएस परिक्षा पास गरेका तर कोरिया उड्न नपाएकाहरूले बुधबार राजधानीमा प्रदर्शन गरेका छन् ।

रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सृजना गर्न माग गर्दै उनीहरुले माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरिएको हो ।

‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु‘, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’लगायतका नाराबाजी र प्लेकार्डसहित प्रदर्शन भएको छ ।

उनीहरुले दक्षिण कोरियाको उडान सुरु गरेर आफूहरुलाई छिटो कोरिया पठाउनुपर्ने माग राखेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *