Sajhamanch Archive

बी पी प्रतिष्ठान धरानबाट २१४ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

सुनसरी । बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट हाल सम्म २१४ जना उपचार पछि डिस्चार्ज भएका छन् । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हाल सम्म २१४ जना डिस्चार्ज भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रतिष्ठानबाट आज तीन जना डिस्चार्ज भएका छन् । झापाका दुई जना र सुनसरीका एकजना डिस्चार्ज भएका हुन् । हाल प्रतिष्ठानमा ४४ जना व्यक्तिहरु उपचाररत रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिष्ठानमा हाल सम्म १० हजार ७ सय ९४ जनाको पिसिआर परिक्षण भएको छ ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *