Sajhamanch Archive

भोजपुरमा ६ केजी ५ सय ग्राम गाँजा बरामद

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भोजपुर । जिल्ला प्रहरी कार्यालय, भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखाको धाराटारमा गाँजा फडानी गर्नुको साथै लुकाएर राखेको गाँजा बरामद गरेको छ ।

भोजपुरका डीएसपी केशवकुमार थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले कोमलशोभा राईको घरमा २ वटा बोरामा लुकाएर राखेको ६ केजी ५ सय ग्राम तयारी गाँजा बरामद गरेको हो । प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धानका हिरासतमा राखेको छ ।

कोमलशोभा राईको १४ रोपनी क्षेत्रफल भएको मकैबारी भित्र लगाइएको गाँजा र साही ठाउँका रामकुमार राईको मकैबारीमा रहेको १ सय २ बोट गाँजाहरु स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा प्रहरीले नष्ट गरेको छ ।

भोजपुरको विभिन्न क्षेत्रमा प्रहरीले समय–समयमा गाँजा खेती नष्ट गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *