Sajhamanch Archive

शिवसताक्षीमा लागु औषध दुव्र्यसनी तथा साइबर क्राइम सम्बन्धी सचेतना

Published: (Updated: ) in समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्जमा एक दिवशीय लागुऔषध, दुव्र्यशनी तथा साईवर क्राईम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

वडा भित्र रहेका युवाहरुलाई लागुऔषध, दुव्र्यशनी तथा साईवर क्राईमबाट बचाउनका लागी सचेतामुलक कार्यक्रमको आयोजना गरिएको हो ।

लकडाउनका समयमा युवाहरुमा अझ धेरै नकारात्मक बाटोतर्फ जाने सम्भावना रहेको भन्दै शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले सचेतनामुलक कार्यक्रमको आयोजना गरिएकोे वडा अध्यक्ष मनोज कार्कीले जानकारी दिए ।

सचेतनामुलक कार्यक्रममा ईलाका प्रहरी कार्यालय झिल्झिलेका प्रहरी निरिक्षक कोमल ठाकुरले सहजीकरण गरेका थिए । ईलाका प्रहरी कार्यालय झिलझिलेले शान्ति शुरक्षासँगै नगरका विभिन्न स्थानमा यस अघि पनि सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रममा वडाका जनप्रतिनिधी कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनीधि लगायत गरी ४० जना बढीको सहभागीता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *