Sajhamanch Archive

झापामा कोरोना जित्नेको संख्या उच्चः सवै विरामी सामान्य अवस्थामा

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । झापामा कोरोना संक्रमितभन्दा रोग जितेर घर फर्कनेको संख्या बढी पाइएको छ । प्रदेश १ कै उच्च कोरोना संक्रमित जिल्लाका रूपमा परिचित झापामा कोरोना जित्नेको दर पनि उच्च हुँदै गएको पाइएको हो ।

समुदायमा फैलन नपाएको कोरोनाले झापामा अहिलेसम्म कसैको ज्यान समेत गएको छैन । कामका शीलसिलामा विदेशमा पुगेका व्यक्तिहरू उतैबाट संक्रमित भएर घर फर्केका कारण कोरोना झापा प्रवेश गरेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाको विवरण अनुसार असार २४ गतेसम्ममा झापामा २ सय ९६ जना कोरोना संक्रमित भएकोमा १ सय ९६ जना रोग जितेर घर फर्किसकेका छन् । जसमध्ये १३ जना महिला तथा १ सय ८३ पुरूष रहेका छन् ।

पछिल्लो पटक झापाका कमल र झापा गाउँ पालिकामा कोरोना संक्रमित भेटिएका छैनन् भने सवैभन्दा बढी मेचीनगरमा ३७ जना संक्रमित रहेको पाइएको छ । त्यसपछि क्रमश उच्च संक्रमित रहेका स्थानीय तहमा गौरादह ८, कनकाइ ७, हल्दिवारी ६, दमक ५, बुद्धशान्ति ५ लगायत रहेको विवरणले देखाएको छ ।

कार्यालयका फोकल पर्सन जीवन चौलागाईका अनुसार संक्रमित मध्ये पुरूषको संख्या बढी छ भने अधिकाम्स वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति संक्रमित पाइएका छन् । उनका अनुसार २० देखि ५० वर्ष उमेर समूह नै अधिक संक्रमित भेटिएका छन् । यस्ता व्यक्तिहरूमा अहिलेसम्म शारीरिक जटिलता पाइएको छैन । सामान्य अवस्थामै उपचार गरेर घर फर्कन सफल भइरहेको चौलागाइको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *