Sajhamanch Archive

सिन्धुपाल्चोकमा बाढी र पहिरो (फोटोफिचर)

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

बाह्रबीसे । सिन्धुपाल्चोक जिल्लामा दुई स्थानमा पहिरो र बाढीका कारण घरहरू बगाएको छ ।

बिहीबार बिहान भोटेकोशीमा मिसिन आउने ठाडो खोलाहरूले घरहरू बगाएको प्रारम्भीक जानकारी आएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली परिचालन भइसकेको छ । घटनामा १८ जना बेपत्ता भएकाे स्थानीयकाे भनाइ छ । दुई जनाकाे मृत्यु भएकाे दाबी गरिएकाे छ ।

पहिरो र बाढीको क्षतिबारे अझै पूर्ण रुपमा जानकारी आएको छैन । भोटेकोशीमा मिसिने जम्मु भन्ने स्थान र बञ्जीजम्प रहेको स्थानमा बाढी र पहिरोले नोक्सानी गरेको प्रहरी भनाइ छ ।

दैनिक नेपालबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *