Sajhamanch Archive

तनावपूर्ण खेलमा बार्सिलोनाको संघर्षपूर्ण जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । लुइस सुअरेजले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा स्पानयोललाई १-० ले पराजित गरेको छ । क्याटलान डर्बी खेलमा बार्सिलोनाले कठिन जितसहित ३ अंक जोडेको हो ।

खेलमा दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए । ५०औं मिनेटमा बार्सिलोनका अंशु फाटीले रातो कार्ड पाएका थिए । त्यसको ३ मिनेटपछि स्पानयोलका पोल लोजानोले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा झरेका थिए । दुवै खेलाडीलाई भीएआर को सहयोगबाट रातो कार्ड देखाइएको थियो ।

५६औं मिनेटमा लुइस सुअरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए र उक्त गोल नै निर्णायक बन्दा बार्सिलोनाले ३ अंक जोड्दै शीर्ष स्थानको रियलसँग अंक दुरी १ मा घटाएको छ ।

३५ खेलबाट ७६ अंक जोडेको बार्सिलोनाले उपाधि होडलाई कायमै राखेको छ । एक खेल कम खेलेको रियलको ७७ अंक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *