Sajhamanch Archive

दलित समुदायलाई आत्मनिर्भर बनाउन लुगा सिलाउने मेसिन वितरण

Published: in समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले ७ जना दलित समुदायका मानिसलाई लुगा सिलाउने मेसिन बितरण गरेको छ ।

वडाका उत्पीडित दलित समुदायका मानिसलाई आत्मनिर्भर बनाउने उद्देश्यले विहीबार लुगा सिलाउने मेसिन वितरण गरिएको हो ।

वडाले ८७ हजार ५०० बरावरको ७ थान लुगा सिलाउने मेसिन बितरण गरेको वडाध्यक्ष मनोज कार्कीले जानकारी दिए । उनले वडामा सीप सिकेका मानिसहरु रहेपनि उपकरण नहुँदा काम गर्न गाह्रो भएकाले मेसिन वितरण गरेको बताए । लुगा सिलाउने मेसिन लिँदै बिर्ख बहादुर महराले वडाले बितरण गरेको मेसिनले रोजगारीको सिर्जना गरेको र आफुहरुले समेत यसलाई उद्यमसँग जोड्ने बताए । लुगा सिलाउने मेसिन बितरण कार्यक्रममा वडा सदस्य बद्रीनाथ खनाल, लक्ष्मी प्रसाद गुरागाई, नरमाया परीयार लगायतको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *