Sajhamanch Archive

पिसिआर ल्याबका लागि भानु मावि र सतासीधाम बहुमूखी क्याम्पसको सहयोग

Published: (Updated: ) in समाज by .

शिवसताक्षी । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि एकका लागि एक अभियानमा शिवसताक्षी ७ लालझोडा स्थित भानु माविका शिक्षक कर्मचारीहरुले एक दिन बराबरको रकम हस्तान्तरण गरेका छन् ।

 विद्यालय प्रअ डामकुमार कुँवरले ३० हजार ५ सय १ रुपैंया बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी शिवसताक्षी ६ स्थित सामाजिक आदर्श प्राथमिक विद्यालयका शिक्षक कर्मचारीहरुले एकदिन बराबरको ५ हजार १ सय रुपैंया र सतासीधाम बहुमुखी क्याम्पस, दूधेका प्राचार्य उमानाथ दाहालले ११ हजार रुपैंया अभियानलाई सहयोग गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *