Sajhamanch Archive

पत्रकार महासंघले भन्यो : भारतीय मिडियाले ‘पीत पत्रकारिता’गर्‍यो

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपालबारे भारतीय मिडियाले प्रसारण गरेको सामग्री ‘पीत पत्रकारिता’को नमुना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे भारतीय सञ्चारमाध्यम जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको महासंघले बताएको छ। साथै यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक भएको महासंघले बताएको छ। जी न्युजका सामग्री प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ।

प्रधानमन्त्रीविरुद्ध भारतीय मिडियामा आएका आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *