Sajhamanch Archive

पोखरामा पहिरो जादाँ चारको मृत्यु, सात घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

पोखरा । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

दश जना मध्ये तीन जनाको मृत्यु भएको र सात जना घाइते छन् । उनीहरुलाई स्थानीय र प्रहरीको संक्रियातामा अस्पताल पु¥याएको छ । उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

राती बर्थडे मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए । अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ । त्यसै गरी पोखरा २५ हेम्जामा घर पछाडिबाट पहिरो आउँदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोत : गोरखापत्र दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *