Sajhamanch Archive

दूधे आयुर्वेदमा नमुना जडिबुटी उद्यान (बगैचा), नगरपालिकाद्वारा अनुगमन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । पछिल्लो समय आयुर्वेद उपचार पद्धती प्रभावकारी बन्न थालेको छ ।

कुनै समय आयर्वेद औषधालयहरु मानिसहरु उपचारका लागि नआउने गरेपनि अहिले भने भीड लाग्न थालेको पाएको छ । शिवसताक्षीको दूधे आयुर्वेद औषधालयमा पनि पहिलेको भन्दा अहिले उपचारमा गर्न आउने संख्यामा बृद्धि भएको छ ।

गएको दुई वर्ष अघिदेखि औषधालयले पञ्चकर्म, थेरापी पद्धती सुरु गरेपछि विरामीको चाप बढेको औषधायका कविराज राजेन्द्र पोखरेल बताउँछन् ।

त्यसैगरी आयुर्वेद औषधालयले स्थानीय स्तरमा पाइने जडिबुटीहरुलाई भवन परिसरभित्र सिमेन्टका गमलामा रोपिएका छन् । कार्यालयले नमुना जडिबुटी उद्यान नामाकरण गरी दालचिनी, गुर्जो, बोजो, पत्थर चट्टा, तुलसी, पुनरनवा, घोडटाप्रे, पाखनवेद, सर्पगन्धा, अश्वगन्धा, कुरिलो, घिउकुमारी, रक्तचन्दन, पारिजात, द्रोणपुष्पी, राजवृक्ष, कण्टकारी, असुरो लगायतका ५० जातका जडिबुटीका विरुवाहरु खोजी गरी नेपाली तथा वैज्ञानिक नाम सहितका प्लेकार्ड राखिएका छन् ।

आज एक कार्यक्रमका बीच नमुना जडिबुटी उद्यान (बगैचा ) को उद्घाटन समेत गरिएको छ ।

उद्घाटनका क्रममा नगरप्रमुख चन्द्रकुमार सेर्माले पौराणिक ग्रन्थहरुमा पनि आयुर्वेदको चर्चा गरिएकाले यसको संरक्षण, प्रर्वधन गर्दै आयुर्वेद उपचार पद्धतिलाई अझ प्रभावकारी बनाउदै लानु पर्ने जोड दिएका छन् । सकारकारी निकायहरुबाट पठाइने आयुर्वेद औषधीहरु बाहेकका स्थानीय स्तरमा पनि उत्पादन गरी प्रयोगमा ल्याउने सकिने बताए ।

आफ्नै घर आँगनमा भएका जडीबुटिहरुलाई चिनाउन ५० प्रकारका जडीबुटीहरुको विरुवा संकलन गरी बगैचा निर्माण गरिएको कविराज राजेन्द्र पोखरेलले जानकारी दिए । उनले भने, औषधालयमा उपचार गर्न आउनेहरुलाई हामी एक चोटी बगैचा देखाएर जटीबुटी चिनाएर र प्रयोग गर्न सिकाउँछौ ।

उक्त नमुना जडिबुटी उद्यान (बगैचा) को शिवसतासक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, उप सचिव शिक्षा प्रमुख सुरेन्द्र दाहाल, वडाध्यक्ष छविलाल पाठकले अनुगमन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *