Sajhamanch Archive

प्रदेश–१ मा दुई विधेयक पारित

Published: in प्रदेश तह by .

विराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभाले बुधबार दुईओटा विधेयक पारित गरेको छ ।

प्रदेशसभामा प्रस्तुत् भएको जिल्लासभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको हो ।

यससँगै जिल्लासभाको अधिकार प्रदेशले खोस्न नसक्ने र स्थानीय तहको अधिकार जिल्ला समन्वय समितिले हस्तक्षेप गर्न नसक्ने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।

-इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *