Sajhamanch Archive

शिवसताक्षीको नौ नम्बरवडाले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा बजेट विनियोजन, सुत्केरी पोषण कार्यक्रम थपियो

Published: in समाज, स्थानीय तह by .

शिवसाक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले आ.व. २०७७÷ ०७८ का लागि योजना छनोट गरेको छ । वडाले स्वास्थ्य र कृषिलाई प्राथमिकतमा राखेर योजना छनोट गरेको हो ।

वडाका राजनीतिक दलको साझा सहमतिबाट योजना छनौट भएको वडाध्यक्ष छविलाल पाठकले जानकारी दिएका छन् ।

वडा कार्यपालिका सदस्य, वडाका राजनीतिकदल, सामाजिक संघ संस्थाका प्रतितिनिधि लगायतको सुझावपछि वडाले ३१ लाख बजेट विनियोजन गरेको हो ।

चालु आ.व.मा वडाले ग्राभेल, पुल, कलभर्ट, बक्स कलभर्ट निर्माण गरिएको वडाध्यक्ष पाठकले जानकारी दिए । वडाका बाटाहरु ९७ प्रतिशत राम्रो किसिमको ग्राभेल भइसकेको छ । तीन प्रतिशत भित्री नयाँ बनिएका सडकमा बाँकी छ । त्यो पनि आउँदो आ.व.मा पुरा हुने अध्यक्ष पाठकको भनाई छ ।

वडाले २०७७ ÷७८ का लागि वातावरण व्यवास्थापनमा १० लाख र कृषिलाई ९ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । कृषिका लागि सिचाईको सुविधा नभएका स्थानमा साना सिँचाई योजना अघि सारिएको वडाध्यक्ष छविलाल पाठकले बताए ।

वडाले वातावरण तथा विपत व्यवस्थापनका लागि १० लाख र साामाजिक विकास तर्फ वडाले ६ लाख ५० हजार विनियोजन गरेको छ ।

विभिन्न रोग विरुद्ध सचेतना कार्यक्रमका लागि वडाले १ लाख विनियोजन गरेको छ ।
यस वर्षदेखि वडामा सुत्केरी पोषण कार्यक्रमपनि संचालन हुने भएको छ । यसका लागि वडाले १ लाख ५० हजार विनियोजन गरेको छ । महिला सीपमुलक तालिम, युवा तथा खेलकुद विकासका लागि पनि वडाले क्रमश ५० हजार र १ लाख विनियोजन गरेको छ । वडा कार्यपालिकाले जेष्ठ नागरिकलाई पनि सम्बोधन गरेको छ । यो शीर्षकमा ५० हजार विनियोजन भएको वडा अध्यक्ष पाठकले बताए ।

वडाले शिक्षाका लागि सतासीधाम बहुमुखी क्याम्पसलाई २ लाख विनियोजन गरेको छ ।
वडाध्यक्ष पाठकका अनुसार वडा नं. ९ अन्य वडाको भन्दा धेरै काम भएको छ । उनले २०७७÷७८का लागि. केन्द्रीय स्तरबाट झरना मार्गमा कालो पत्रेको लागि ५० लाख विनियोजन भएको बताए ।

वडाबासी इच्छुक भए ७०÷३०को योजना अन्तर्गत नगरबाट कालो पत्रे गर्न सकिने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *