Sajhamanch Archive

पर्यटन विकासका लागि अर्थमन्त्री डा. खतिवडाका १० योजना

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले पर्यनलाई विकासको आधार बनाउन सकिने बताएका छन् । दीर्घकालीन लक्ष्यसहितको योजना बनाएर अगाडि बढ्न सके पर्यटन देश विकासको आधार बन्न सक्ने उनको भनाइ छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सिपमुलक दक्ष युवालाई रोजगारी दिनसक्ने सेवामुलक उद्योगका रुपमा पर्यटन विकास हुनसक्ने उनले बताए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभाको निर्वाचनमा सार्वजनिक गरेको घोषणा पत्रअनुसार सन् २०२७ सम्म ५० लाख पर्यटक नेपाल पत्र्याउने योजना अगाडि सारेको स्मरण गर्दै उनले उक्त उद्धेश्य पूरा गर्न राष्ट्रिय भिजिट वर्ष र पञ्चवर्षिय योजनाको कार्यक्रमलाई मिलाएर योजनाबद्ध रुपमा अगाडि बढे १० वर्षमा ५० ला पर्यटक भित्र्याउन सकिने दाबी गरे ।

५० लाख पर्यटक नेपाल भित्र्याउने महत्वकांक्षी लक्ष्य पूरा गर्ने आधार पनि अर्थमन्त्री डा. खतिवडासँग छन् । विश्वकै धेरै जनसंख्या भएको देश चीनबाट ४०, भारतबाट ३० र अन्य मुलुकबाट ३० प्रतिशत पर्यटक नेपाल ल्याउन सकिने उनको विश्वास छ । विश्वका धेरै खर्च गर्ने पर्यटक चीन र भारतमै रहेकोभन्दै उनले उनीहरुलाई नेपाल ल्याउन भिजन २७ या यस्तै कुनै नाम राखेर काम गर्न पर्यटन मन्त्रालयलाई उनको सुझाव छ ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन अहिले भैरहेका फ्लाइटलाई दोब्बर गर्नुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता दोब्बर गर्दा पनि अपर्याप्त हुने भन्दै उनले निर्माणाधीन गौतमबुद्ध विमानस्थलाई सञ्चालनमा ल्याउनू पर्ने बताए । क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्नुपर्ने । कम्तिमा दिनको एक सय अन्तर्राष्ट्रिय उडान हुनुपर्ने ।
५ वर्षका केरुङ–काठमाडौं रेलमार्ग बनेर सञ्चालन भए ४ देखि ५ लाख पर्यटक चिनबाट थपिने उनको विश्वास छ ।

अहिले ४० हजार होटल बेड रहेकामा त्यसलाई बढाएर कम्तिमा एक लाख पुर्याउनुपर्ने बताएका अर्थमन्त्री खतिवडाले होटल ब्यसायीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । र यसका लागि सरकार तयार रहेको उनले बताए ।

पर्यटनका लागि थप नयाँ गन्तब्यको खोजी गर्नुपर्ने र यसका लागि पर्यटन मन्त्रालय तथा प्रदेश र स्थानीय सरकारको विशेष भूमिका रहनेमा अर्थमन्त्रीको जोड छ । पर्यटन मन्त्रालयले स्थानीय तथा प्रदेशसरकार सँग सहकार्य गरेर एक सयवटा नयाँ गन्तब्य तय गर्ने आफ्नो ५ वर्षे कार्ययोजनामा राखेको छ । “पर्यटन ब्यबसाय नेटविर्किङ ब्यबाय हो । छिमेकी देशमा आएका पर्यटकलाई नेपाल ल्याउन चिन र भारतसँग काठमाडौंमा आएका पर्यटकलाई प्रदेशमा लैजान समन्वय हुनुपर्छ यस्तो नेटवर्किङ अन्तरदेश तथा प्रदेश र निजी क्षेत्रसँग पनि हुनुपर्छ,” मन्त्री डा. खतिवडाले भने, “यसका लागि आन्तरिक पूर्वाधारको विकास गर्नुपर्छ । सडक, केवलकार, आन्तरिक उडान छोटो दूरीको रेल्वे निर्माण तथा सञ्चालनमा जोड दिनुपर्छ ।”

सेवामुलक ब्यबसायका लागि आवश्यक जनशक्ति निर्माणका लागि निजी क्षेत्रसँग सहकार्यको आवश्यकता रहेको भन्दै यसका लागि सरकार सहजिकरण गर्नै तयार रहेको उनले बताए । पर्यटनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न   विश्वविद्यालयका पाठ्यक्रममै समावेश गर्नुपर्ने धारणा राखेका उनले बताए ।

भिषा दिने प्रक्रिया छिटो छरितो गर्ने, अनलाइन माध्यमबाट भिसा दिने, नेपाली मौलिक उत्पादनको व्रान्डिङ गर्ने, पर्यटकको सुरक्षा र सेवामा ध्यान दिनसके पर्यटकको संख्या पनि बढ्ने र पर्याप्त खर्च गर्ने पर्यटक पनि नेपाल आउने उनको विश्वास छ । “नेपाल आइसकेका पर्यटकको सुरक्षा र सूचना दिनसक्नुपर्छ,” अर्थमन्त्री डा. खतिवडाले भने, “पर्यटकको संख्या बढाएर मात्रै हुँदैन । उनीहरुलाई नेपाल ल्याउन गरिने लगानी घटाएर कसरी गुणस्तरी सेवा दिनसकिन्छ, त्यसतर्फ सोच्नुपर्छ । हैन भने ठूलो संख्यामा पर्यटक आए पनि नेपाललाई प्रतिफलको हिसावले फाइदा हुँदैन, यसका लागि हामीले यहाँको उत्पादन, सेवा, स्रोतको अधिकतम प्रयोग गर्नुपर्छ । प्रतिफल धेरैभन्दा धेरै कसरी प्राप्त गर्नसकिन्छ त्यसका लागि वर्कआउट गर्नुपर्छ ।”

४ खर्ब लगानी गरेर १ खर्ब भ्यालू एड भयो भने त्यसको अर्थ नरहनेभन्दै अर्थमन्त्री खतिवडाले २ खर्ब लगानी गरेर २ खर्ब भ्यालू एड बनाउन सकियो भने त्यसलाई उपलब्धी मान्न सकिने बताए । दीर्घकालीन भिजन बनाएर काम गर्नसके कृषि पनि कुल ग्राहस्थ उत्पादनमा टेवा पुर्याउने कृषि पनि पर्यटन हुनेछ ।


बुँदामा उनका योजना
१०० वटा दैनिक अन्तर्राष्ट्रिय उडान,
मोफलबाट अन्तर्राष्ट्रिय उडान,
दोब्बर क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल,
नयाँ १०० पर्यटकीय गन्तब्य,
होटलको बेड संख्या एक लाख,
केरुङ–काठमाडौं रेल्वे,
सहरमा छोटाछोटा रेल्वे,
दक्ष सेवामुलक जनशक्ति,
अन्तरदेशीय तथा प्रदेशस्तरीय नेटवर्किङ,
छिटोछरितो भिसा प्रक्रिया,
उच्च सुरक्षा र गुणस्तरीय सेवा 

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *