Sajhamanch Archive

गरिबी निवारणको नाममा ठगी : तीन महिला समातिए

Published: in समाज by .

कैलाली । दलितमैत्री गरिबी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै ‘सयौंजना’लाई ठगी गरेको आरोपमा प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनैजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–५, गेटाकी ३२ वर्षीया कल्पना बोगटी, कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–८ की २२ वर्षीया दुर्गा भट्ट र सोही ठाउँकी २३ वर्षीया सुनिता भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

पक्राउ परेका महिलाले कैलालीको गौरीगंगा, धनगढी उपमहानगरपालिका र कन्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न वडामा समूह गठन गरी ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले १८१ जना महिलाबाट १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रवक्ता वलीले बताए ।

उनीहरुले विभिन्न वडाहरुमा गइ गाउँगाउँमा १० देखि ३५ जनाको समूह गठन गरी प्रतिव्यक्ति फारमबापतको रकम भन्दै ५०० देखि १५ सय रुपैयाँसम्म असुलेको प्रहरीले जनाएको छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *