Sajhamanch Archive

प्रमुख प्रतिपक्षीबिनै संसद् बैठक सञ्चालन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ   । प्रमुख प्रतिपक्षी कांग्रेसका संसद्ले बहिष्कार गरे पनि बिहीबारकाे स‌ंसद् बैठक सञ्चालन गरिएको छ । बैठकमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले बोलेपछि प्रश्नोत्तर गर्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद बाहिरिएका थिए ।

कांगेसले प्रतिनिधिसभा नियामावली २१९ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ भन्दै सभामुख कृष्णबाहदुर महरासमक्ष बारम्बार माग गरेका थिए। तर, सभामुख महराले आज विशेष समय र शून्य समयमा उठेका सवालका उत्तर मात्रै मन्त्रीले दिने भन्दै बैठक अगाडि बढाएका थिए।
‘नियमावालीको नियम १५ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने व्यवस्था छ‌ैन। कांग्रेस सांसदलाई बस्न आग्रह गर्दछु,’ धेरैपटक प्रमुख प्रतिपक्षी सांसदलाई बस्न आग्रह गर्दै सभामुखले भने, ‘अर्को बैठकमा बोल्ने समय दिन्छु आजको बैठक अघि बढ्छ।’
कांग्रेस सांसदले उभिएर विरोध गरिरहेका बेला सभामुखले संसद्को‌ विषयगत समितिका सदस्यहरुको नाम प्रस्तावको लागि वाचन गरिरहे। यतिबेलासम्म पनि कांग्रेसका सांसदले उभिएर विरोध गरिरहे।
सभामुख महराले नाम पढेर सकाए र समितिका सदस्यहरुको नाम मनोनयनको लागि प्रस्ताव गरे। त्यतिखेर भने उभिएर मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गरिरहेका कांग्रेस सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिए।
त्यसपछि सभामुखले अर्थमन्त्री युवराज खतिवडालाई बिमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए। कांग्रेस बैठकबाट बाहिरए पनि बैठकमा रहेका सत्तापक्ष र प्रतिपक्षी राजपा र अन्य स्वतन्त्र सांसदले बिमा विधेयकको लागि सैद्धान्तिक छलफल गर्न अनुमति दिए।
अर्थमन्त्री खतिवडाले बिमा विधेयकमाथि छलफलको लागि प्रस्ताव गरे। तर, छलफलमा कुनै सांसदले भाग लिएनन्।
सभामुख महराले बैठक भोलि १ बजे बस्ने गरी बैठक सकिएको घोषणा गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *