Sajhamanch Archive

साझा प्रकाशनका कर्मचारी आन्दोलनमा

Published: in समाज by .

काठमाडौँ । साझा प्रकाशनका कर्मचारी आफूलाई पुन: बहाली गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । साझाले २० वर्ष सेवा गरेका कर्मचारीलाई सबै सुविधा उपलब्ध गराउने शर्तसहित स्वेच्छिक अवकाश दिएका कर्मचारीले ‘केही नपाएको’ भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरु ललितपुरको पुल्चोकस्थित साझाको कार्यालय हातामा पाँचदिनदेखि धर्ना बसेका छन्। धर्नामा देशैभरिबाट जम्मा भएका १ सय २८ जना कर्मचारी रहेको उनीहरुको भनाइ छ।
साझा प्रकाशन सञ्चालक समितिले दुई वर्षअघि स्वेच्छिक अवकाशको आह्वान गरेको उल्लेख गर्दै विज्ञप्तिमा छ, ‘यस निर्णयमा साहित्यकार तथा राजनीतिज्ञद्वय प्रदीप नेपाल, दीननाथ शर्मा लगायतको संलग्नता रहेकोले उहाँहरूको विश्वासमा हामीले नियमानुसारको रकम पाएको खण्डमा मात्र स्वेच्छिक अवकाशको राजीनामा दिएका थियौं।
तर, स्वेच्छिक अवकाशको आधारभूत सिद्धान्तविपरीत पाउनुपर्ने रकम हामीलाई उपलब्ध नगराई जबरजस्ती अवकाश दिनुभयो।’
सरकारले न्यून रकम मात्र उपलब्ध गराएको र पाउनुपर्ने रकम पटक पटक माग गर्दा संस्थाका अध्यक्ष तथा महाप्रबन्धकबाट प्रत्येक पटक भाखा राख्ने, समय लम्ब्याउने र आश्वासनमात्र पाएको पीडित कर्मचारीले गुनासो गरेका छन्। गत असार मसान्तसम्म सम्पूर्ण रकम उपलब्ध गराउने वा साउन १ गतेदेखि सम्पूर्ण अवकाश प्राप्त कर्मचारीलाई यथावत रुपमा पुनर्बहाली गर्ने लिखित प्रतिबद्धता जनाएका थिए।
कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *