Sajhamanch Archive

रोटरी क्लव सुरुङ्गाले पदभार ग्रहण

Published: (Updated: ) in विविधा by .

सुरुङ्गा । रोटरी क्लव अफ सुरुङ्गाले एक कार्यक्रमका बीच  पदभार ग्रहण गरेको छ । २०१८ को जुन २२ तारिखमा रोटरी इन्टरनेशनलवाट मान्यता प्राप्त गरेको सुरुङ्गाले पदभार ग्रहण गरेको हो ।

रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एल.पी. उप्रेतीले पदभार ग्रहण गरेसँगै क्लवका डिस्ट्रीक गभर्नर चिन्तामणि भट्टराईले सपथ खुवाएका थिए । सपथ ग्रहणसँगै संस्थापक अध्यक्ष उप्रेतीलाई डिस्ट्रीक गभर्नर भट्टराईले रोटरी इन्टरनेशनलवाट मान्यता प्राप्त गरेको प्रमाण पत्र प्रदान गरेका थिए । त्यस्तै रोटरीका निवर्तमान डिस्ट्रीक गभर्नर सञ्जय गिरीले रोटरीयन ग्यावल हस्तान्तरण गरेका थिए भने सुरुङ्गालाई मातृत्व प्रदान गर्ने शाखा विर्तामोड रोटरी क्लवका अध्यक्ष सन्तोष अग्रवालले रोटरीयन लकेट सहितको माला लगाईदिएका थिए ।

शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका उप्रेतीका श्रीमति यदुका साथै एक छोरा र एक छोरी रहेका छन् । संस्थापक अध्यक्ष उप्रेती झापा प्याव्सनका उपाध्यक्ष, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष, पशुपति अंग्रेजी मावि सुरुङ्गाका संचालक प्रिन्सीपल साथै विभिन्न संघसंस्थामा क्रियाशिल छन् । रोटरी सुरुङ्गाका संस्थापक अध्यक्ष उप्रेतीले अन्य ४० जना संस्थापक पदाधिकारी तथा सदस्यहरुलाई रोटरीको तर्फवाट सफद खुवाएका थिए ।

यसरी सपथ खाने रोटरी क्लव अफ सुरुङ्गाका पदाधिकारी तथा सदस्यहरुमा क्रमशः कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल, डम्वरप्रसाद फुयाल, सुशिलकुमार श्रेष्ठ, मोतीखर ओझा, शिवकुमार कडेल,तुलसी विमली, सोमनाथ उप्रेती, लुवराज उप्रेती, प्रेमप्रसाद चुडाल, मिनाल तिम्सिना, जविन तिम्सिना, ख्यामप्रसाद ओली, अर्जुन वोहोरा, कमलप्रसाद कट्टेल, भरतकुमार ढकाल, विकास उप्रेती, हरिप्रसाद फूयाल, खेमप्रसाद प्रसाईँ , गोकुल उप्रेती, खड्गवहादुर कार्की, सिरश खरेल,मुक्ति भट्टराई,शिव गिरी, शम्भु पोखरेल, छत्रप्रसाद पाण्डे, सन्जिव ओली, लक्ष्मीप्रसाद उप्रेती, देवेन्द्रप्रसाद चम्लागाई, देवराज सुवेदी, भरत शर्मा खरेल, दिपेन्द्र प्रधान सुँडी, सागर दहाल, रामप्रसाद निरौला, लेखनाथ कट्वाल, कृष्ण राई , त्रिलोचन चिमरीया, राजेश प्रसाईँ, सन्तोष प्रसाईँ र महेन्द्रप्रसाद विमली रहेका छन् ।

मानविय सेवामा अझै सक्रिय रहँदै रोटरी क्लव अफ सुरुङ्गाको छवि उच्च राख्न प्रतिवद्धताका साथ अघि वढेका रोटरी क्लव अफ सुरुङ्गा संस्थापक अध्यक्ष उप्रेतीको सभापतित्व रहेको कार्यक्रममा रोटरीका डिस्ट्रीक गभर्नर चिन्तामणि भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।   विर्तामोड रोटरी क्लवका अध्यक्ष सन्तोष अग्रवालले स्वागत मन्तव्य राखेको कार्यक्रममा टिकाप्रसाद कट्टेलले रोटरीका डिस्ट्रीक गभर्नरको परिचय गराएका थिए । रोटरीयन कुमारमणि पोखरेलले भोट अफ थ्याङ्स मन्तव्य राखेको कार्यक्रममा सरला पोखरेलले टोष्ट प्रपोजल प्रस्तुत गरेकी थिइन् ।

क्लवका सचिव शिव कडेलले संचालन गरेको वुधवार साँझको डिनरसहितको कार्यक्रममा प्रदेश सभा सदस्य हिराकुमार थापा, रोटरीका निवर्तमान डिस्ट्रीक गभर्नर सञ्जय गिरी,  असिस्टेन्ट डिस्ट्रीक गभर्नर उमेश डालमिया, राजनितीकर्मी देउकुमार थेवे लगायतले मन्तव्य राखेको रोटरी क्लव अफ सुरुङ्गाका सदस्य संचारकर्मी रामप्रसाद निरौलाले वताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *