Sajhamanch Archive

उपनिर्वाचनको तयारी सुरु, स्थानीय तहमा २०७ र प्रदेशमा तीन पद खाली

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ।

यसै विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्। उपनिर्वाचनका लािग सबभन्दा पहिले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने छ।

स्थानीय तहमा मात्रै १९ जिल्लाका प्रमुख, गाउपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायतका २०७ पद रिक्त छन्। २०७४ सादको स्थानीय तह निर्वाचकामा उम्मेदवारी नै नपरेका कारण १८० पद रिक्त थिए। त्यसमा दलित १७५ र सोलुको नेचा सल्यान गाँउपालिका वडा नम्बर ६ तिङ्लामा कुनै पनि उम्मेदवारले उम्मदवारी नदिएका कारण खाली छ।

त्यस्तै एक एक नगर प्रमुख, एक गाँउपालिकाका अध्यक्षको मृत्यु भएको छ भने एक वर्षको अवधिमा १६ वडाध्यक्षको मृत्यु भएको आयोगका शाखा अघिकृत घमचन्द तिम्सिनाले जानकारी दिए। त्यस्तै प्रदेश सभामा तीन पद खाली रहेको आयोगले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *