Sajhamanch Archive

त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा पर्‍याे : उडान र अवतरण बन्द

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरण बन्द भएको छ । अहिले मर्मतको टोलीले काम सुरु गरेको छ ।

एक घन्टापछि धावनमार्ग सञ्चालनमा आउने विमानस्थल कार्यालका प्रवक्ता प्रमनाथ ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो । अहिले बिदेशबाट आएका जहाज आकाशमै होल्ड छन् । आन्तरिक केही उडान भने अन्त्यत्रै पठाइएको छ ।

विमानस्थलबाट हुने नियमित उडान पनि रोकिएको छ । एक महिनायता धेरैपटक धावनमार्गमा समस्या देखिएको छ ।

– उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *