Sajhamanch Archive

श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित

Published: in टिप्स/जानकारी by .

अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’ जुलाई २०, २०१८ प्रदर्शनमा आएको थियो । फिल्मले अहिलेसम्म ६० करोड भन्दा धेरैको ब्यापार गरिसकेको छ । प्रेम कहानीमा आधारित यस फिल्ममा जान्हवी कपूरले पार्थवीको भूमिका निर्वाह गरेकी छिन् ।

भारतको राजस्थानको पृष्ठभूमिमा बनेको यो फिल्ममा जान्हवी मारवाडी लवजमा बोलेकी छिन् । यस फिल्ममा जान्हवी कपूरले गरेको अभिनयको सराहना गरिएको छ । यसै फिल्मबाट जान्हवी कपूर अभिनयका कारण पहिलो फिल्मबाटै सम्मानित भएकी छिन ।

मंगलबार राति मुम्बइमा आयोजित आयोजना भएको ‘भोग ब्यूटी अवार्ड्स २०१८’ मा जान्हवी कपूरलाई ‘भोग फ्रेश फेश’ अवार्डले सम्मानित भएकी छिन् । उक्त अवार्ड जान्हवी कपूरलाई भारतका चर्चित फेशन डिजाइनर मनिष मल्होत्राले दिएका थिए । यसका साथै कार्यक्रममा जान्हवी कपूरले पहिलो पल्ट रेड कार्पेटमा र्‍याम्पवाक पनि गरेकी थिइन् ।

रेड कार्पेटमा मिडियासँगको कुराकानीमा जान्हवी निकै खुशी तथा आत्मविश्वासका साथ कुरा गरेकी थिइन् । सेतो रंगको गाउनमा सजिएकी जान्हवी कपूर उनको सुन्दरताले मिडिया तथा त्यहाँ उपस्थित सबैको ध्यान आफूतर्फ आकर्षित गरेकी थिइन् ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *