Sajhamanch Archive

सुरुवातमै नै पत्ता लगाउन सकिन्छ क्यानसर

Published: in स्वास्थ्य by .

अब प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सम्भव हुनेछ । शोधकर्ताका अनुसार डायबिटीजको गम्भिर अवस्था यस रोगको प्रारम्भिक संकेत हुनसक्छ ।
शोधकर्ताका अनुसार यो निष्कर्ष टाइप–२ डायबिटिज पिडित करिब १० लाख रोगीहरुको विश्लेषणका आधारमा निकालिएको हो ।यी रोगीहरुमा डायबिटीज र प्यानक्रियाटिक क्यानसरको सम्बन्धलाई लिएर अध्ययन गरिएको थियो ।
जति पनि बिरामीहरुमा प्यानक्रियाटिक क्यानसर भएको पत्ता लागेको थियो उनीहरुमा करिब एक वर्ष पहिलादेखि टाइप–२ डायबिटिजबाट पिडित रहेका थिए ।

फ्रान्सको इन्टरनेशनल प्रिबेशन रिसर्च इस्टीटुटका शोधकर्ता ऐलिस कोचलिनका अनुसार हाललाई सटिक विधि छैन जसका कारण प्यानक्रियाटिक क्यानसर प्राथमिकता अवस्थामा पत्ता लगाउन सकियोस् । यसका धेरै लक्षणहरु हुन्छन् जुन छिट्टै देखिदैनन् ।

उनका अनुसार अब यो शोधबाट प्यानक्रियाटिक क्यानसर ब्लड मार्करको खोजी गर्न सजिलो हुनेछ ।विश्वभर मोटो मानिसको संख्या उच्च रहेको छ । मोटोपन विभिन्न समस्याको प्रमुख कारण पनि बनेको छ । यसका कारण विभिन्न रोगहरु लाग्ने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *