Sajhamanch Archive

सूचना टाँसगरेर बैठक स्थगित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं  ।  प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। साउन २० गते बिहान ११ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो।

शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक सुरक्षाको तेस्रो संशोधन विधयेक, शिक्षामन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक, अर्थमन्त्री डा. युवराज खतिवडाले लेखापरीक्षण विधेयक दफावार छलफलका लागि सिमतिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने संभावित कार्यसूची रहेको थियो।

त्यस्तै, गृहमन्त्री बादलले अन्तर्राष्ट्रिय आतंक, अन्तरदेशीय अपराध, लागुअौषध कारोवारविरुद्ध सहयोगसम्बन्धी विमस्टेक महासन्धिका विषयमा सामान्य छलफल गरियोस् भनेर प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *