Sajhamanch Archive

नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएर पारस आउट

Published: in खेलकुद by .

काठमाडौं ।   नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्का अर्ध सतक बनाएर आउट भएका छन्।

उनले ६९ बलको सामना गर्दै ५१ रन बनाए। नेपालले ३२औं अोभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको छ। नेपालका ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल १९ रन, अनिल साह ४, दिपेन्द्रसिंह ऐरी १९ र रोहित पौडेलले ६ रन बनाएर आउट भए।

अहिले क्रिजमा रहेका आरिफ शेख र सोमपाल कामी छन्। आरिफले २७ बलको सामना गर्दै ११ रन बनाएका छन्।

नेपालको ब्याटिङ शुक्रबारको खेलमा पनि सम्हालिएको छैन। कप्तान पारसबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

नेपालले पहिले ब्याटिङ गर्न सुरू गरेको हो। नेदरल्यान्ड्सको भिआरए मैदानमा नेपालले टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *