Sajhamanch Archive

शिक्षिकाले विद्यार्थीको अगाडी कपडा खोलेर नाचेपछि…..

Published: (Updated: ) in विविधा by .

शिक्षकको काम आफ्ना विद्यार्थीलाई शिक्षा दिनु, नैतिकवान बनाउनु हो । तर भारतको गुजरातमा एक शिक्षिकाले अश्लीलताको सबै हद पार गरेकी छिन् ।

पारबन्दरको एक विद्यालयकी शिक्षिका छात्र छात्राको अगाडि आफ्नो कपडा उतारेर नाच्ने गर्थिन् ।

यति मात्र होइन उनी छात्रालाई अश्लील भिडियो देखाएर आपत्तिजनक कुरा गर्थिन् । यस्तो विषय सार्वजनिक भएपछि अविभावकले स्कुलमा हंगामा गरेका छन् ।

पोरबन्दरको शारदा विद्या मन्दिर विद्यालयका छात्राको परिवारका सदस्यहरुको आरोप छ कि शिक्षिकाले साना साना बच्चलाई एक एक कोठामा बन्द गर्थिन् , आफ्नो कपडा खोल्थिन् र विद्यार्थीका साथ अश्लील हर्कत गर्थिन् ।

उनी बच्चाहरुको अगाडि नाच्थिन् । यसपछि उनी यो कुरा कसैलाई नभन्न पनि बच्चाहरुलाई धम्की दिन्थिन् ।

बच्चाहरु डरले कसैलाई केही पनि भन्न सकिरहेका थिएनन् । तर एक छात्रले यस्तो समस्या आफ्ना अभिभावकलाई भने । त्यसपछि स्कूलमा हंगामा भएको छ ।

त्यसपछि उनीहरु शिक्षा विभाग पनि पुगे । जाँच सुरु भएपछि शिक्षिकाले आफ्ना सबै कतुर्त कबुल गरेकी छिन् ।

प्रहरीले उनको मोबाइल नियन्त्रणमा लिएको थियो । उनको मोबाइलमा केही अश्लील भिडियो क्लिपहरु फेला परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *