Sajhamanch Archive

नेपाल वंशज परिषदले बुन्धहरुलाई संगठित गर्दैै

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । नेपाल वंशज परिषद झापाले भद्रपुर ९ पोकापाडामा शनिबार १३ औ घुम्ती वैठक सञ्चालन गरेको छ । झापामा छरिएर बसोवास गर्दै आएका नेपाल बन्धुलाई सङगठित बनाउने उद्देश्य लिएर वैठकको आयोजना गरेको हो ।

परिषदको आयोजना र भद्रपुर नगर समितिको सम्योजनमा भगिरथ नेपालको घरमा वसेको वैठकले विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय समेत गरेको छ ।

ओझेलमा परेका बन्धुहरुको क्षेत्रमा वैठक बसी विषयवस्तुको बारेमा छलफल गर्ने, जिल्ला तथा नगरको विनियम बनाउने, बढी भन्दा बढी आजिवन तथा साधारण सदस्यतामा बृद्धि गराउने,कतिपय बन्धुलाई आफनो वंशावली नम्बर थाहा नभएकोले पुख्र्यौली खोज्ने,जिल्ला परिषदको साधारण सभा आउँदो मङ्सीर महिनामा सम्पन्न गर्ने र अबको चौधौं घुम्ती वैठक भदौको तेस्रो साता दमक स्थित माया नेपालको घरमा बस्ने निर्णय गरिएको परिषदका सचिव देवी नेपालले जानकारी दिए ।

वैठकमा रेवतीरमण, टीका देवी, उत्तम, नगर सचिव शालिकराम लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए । अध्यक्ष हरि नेपालको अध्यक्षतामा वसेको वैठकमा नगर परिषद समितिकिा अध्यक्ष भगिरथले उद्देश्यमाथि प्रष्ट पारेका थिए । वैठकमा वंशावली क्रमसङ्ख्या १६ देखि २२ सम्मका तीन दर्जन भन्दा बढी बन्धुको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *