Sajhamanch Archive

जोशी भोलिबाट विदामा बस्ने, राजीनामा भने नदिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायधीश दिपकराज जोशी भोली आइतबारबाट विदा बस्ने भएका छन् । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार जोशी तत्कालका लागि विदामा बस्न लागेको भएपनि आधिकारी पत्र आइनसकेको बताए ।

संसदीय सुनुवाई विशेष समितिले जोशीको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । जोशीले भने राजीनामा नदिने अडान लिएका छन् । तर, भोलिबाट विदा बस्ने तयारीमा छन् । अब ओमप्रकाश मिश्रले सर्वोच्चको पेशी तोक्नेछन् ।

यता प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेपछि जोशीले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न माग गरेका छन् ।

सुनुवाईका क्रममा आफूले समितिसमक्ष शैक्षिक प्रमाणपत्रहरु पेश गरेको तर, आधिकारिक निकायबाट अध्ययन अनुसन्धान नै नगरी धारणा बनाउँदा आफू अन्यायमा परेको जोशीको गुनासो छ ।

आफूले परीक्षा दिएको परीक्षा बोर्डबाट रुजु नै नगरी हचुवाको भरमा चर्चा गरिएको र त्यसको आधारमा धारणा बनाउँदा आफूसँगै बोर्ड र न्यायपालिकाकै मानमर्दन भएको जोशीको तर्क छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *