Sajhamanch Archive

रहेनन् पूर्वसांसद पंगेनी

Published: in राष्ट्रिय समाचार by .

काठमाडाैं । नेपाली कांग्रेसका स्याङ्जा जिल्ला सभापति कमल पंगेनीको निधन भएको छ।

आइतबार बिहान आफ्नै घरमा हृदयघातका ५४ वर्षीय पंगेनीको निधन भएको हो। उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नम्बर–२ बाट सभासद निर्वाचित भएका थिए।

२०७४ सालको निर्वाचनमा स्याङजा– १ बाट पराजित भए। सभापति पंगेनीको निधनमा कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन्। स्व. प‌ंगेनीका श्रीमती, एक छाेरा र एक छोरी छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *