Sajhamanch Archive

इन्डोनेसियामा ठूलो भूकम्पको झड्का, सुनामीको चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

एजेन्सी । इन्डोनेसियाको लामबक टापुमा ठूलो भूकम्पको झड्का महसुस गरिएको छ ।

अमेरिकन भू–गर्भ विभागका अनुसार आइतबार गएको सो भूकम्प ७ रेक्टर स्केलभन्दा माथि रहेको बताइएको छ । भूकम्पमा मानवीय र भौतिक क्षतिबारे एकिन विवरण आइसकेको छैन ।

भूकम्पलगत्तै इन्डोनेसिया सरकारले समुद्रमा सुनामीको चेतावनी दिएको र सतर्क रहन प्रभावित क्षेत्रका जनतालाई आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रभावित समुद्री तट वरिपरिका बासिन्दालाई उच्च स्थानमा गएर सुरक्षित स्थानमा बस्न त्यहाँको मौसम विभागले आह्वान गरेको छ ।

एकहप्ता अघि पनि इन्डोनेशियामा भूकम्प जाँदा १७ जनाको मृत्यु भएको थियो । आइतबार गएको भूकम्प एक हप्ताअघिकै पराकम्पन हो वा भूकम्प हो भन्ने बारेमा भूगर्भविदहरुले केही बताएका छैनन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *