Sajhamanch Archive

हार्ले डेभिडसनले ल्यायो सर्बाधिक महंगो मोटरसाइकल, हिरा र सुन जडित

Published: in राष्ट्रिय समाचार by .

अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले संसारकै सर्बाधिक महंगो मोटरसाइकल बजारमा उतारेको छ ।यसको महत्वपूर्ण विशेषता के छ भने यसमा हिरा र सुनको प्रयोग गरिएको छ भने यसको निर्माणका लागि ८ ब्यक्तिको समूहलाई २५ सय घण्टा समय लागेको थियो ।

यसको मूल्य करिब साढे १९ करोड रुपैयाँ राखिएको छ । हार्ले डेभिडसन ब्लु एडिसन नामक सो मोटरसाइकललाई स्विस कस्टम निर्माता कम्पनी बुदनरबाइकले ज्वेलरी निर्माता कम्पनी बुछररसँग मिलेर तयार गरेको हो । यसलाई सबैभन्दा पहिले स्विट्जरल्यान्डमा सार्वजनिक गरिएको छ ।

सो मोटरसाइकलको माथिल्लो भागमा कम्पनीले आधुनिक प्रविधिले तयार गरिएको ६ लेयर ब्लु पेन्ट लगाएको छ । त्यसैगरी यसमा ३ सय ५० डायमन्ड र गोल्ड प्लेटेड स्क्रुज लगाइएको छ । यसको इन्जिनमा हिट रेजिस्टेन्ट एलईडी छ र यसको माथिल्लो भागमा पारदर्शी क्यामसाफ्ट छ । यसका कारण मोटरसाइकल चल्दा इन्जिनको पार्ट्सले काम गरिरहेको देखिन्छ । इन्जिनमा समेत लाइट भएको यो संसारकै पहिलो मोटरसाइकल समेत बनेको छ ।

यसको इन्धन ट्याकीको दायाँ भागमा एक घडी छ । कम्पनीबाटै मोटरसाइकलमा घडी जोडिएको यो पहिलो मोटरसाइकल समेत बनेको छ । इन्धन ट्यांकीमै सुनको डिजलर रिङ छ । यो ५.४० क्यारेट सुनले बनेको हो । यो देख्दा मोटरसाइकलबाट आँखा हटाउन कोही पनि चाहदैन ।

सो मोटरसाइकलमा १.८ लिटर एयरकुल्ड भी ट्विन इन्जिन छ । यसले १४८ एनएमको पावर प्रदान गर्छ । इन्जिनमा ६ स्पिड गियरबक्स छ । हार्ले डेभिडसनको बाइक सफ्टेक स्लिम एस मा सो बाइक आधारित छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *