Sajhamanch Archive

यस्ता काम नगर्नुस्, नत्र जागिरबाट हात धुनुपर्ला

Published: in मिडियाबाट साभार by .

काठमाडौं । रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ।

बन्दै गरेको कानुनमा आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउनसक्ने प्रावधान राखिएको छ। काममा लापरबाही गरेमा, अनुशासनहीन काम गरेमा र तोकिएको शर्त पालना नगरेमा रोजगारदाताले कामबाट हटाउन सक्नेछ।

रोजगार दिने कम्पनीले श्रमिकलाई भेदभाव गरेमा १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ। यस्तै जुन उद्देश्यका लागि सरकारबाट सहायता लिएको हो त्यही प्रयोजनमा खर्च गर्नुपर्नेछ। अन्यत्र खर्च गरे सरकारबाट लिएको बराबर असुल गरी त्यति नै जरिवाना गर्ने व्यवस्था पनि गरिएको छ।
कान्तिपुर दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *