Sajhamanch Archive

छुरा प्रहार गरी बाबुको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

जनकपुरधाम । धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१९ बेंगाशिवपुरमा छिमेकीको छुरा प्रहारबाट एक जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन्।

छुरा प्रहारबाट जनकपुर उपमहानगरपालिका– १९ का ५० वर्षीय रामवृक्ष यादवको मृत्यु भएको हो। त्यस्तै २८ वर्षका रामसोगारथ यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। छुरा प्रहारबाट मृत्यु भएका तथा घाइते दुवै बाबुछोरा हुन्।

छिमेकीबीच भएको विवादमा आइतवार राति छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट घाइते भएका राम सोगारथलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं ‘रेफर’ गरिएको छ। छुरा प्रहारको घटनामा संलग्न रहेको आरोपमा छिमेकी दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिररहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *