Sajhamanch Archive

नेपाली क्रिकेट टोली स्वेदश फिर्ता, पारसले भने- अबको लक्ष्य एसियन कप छनोट

Published: in खेलकुद by .

नेपाली क्रिकेट टिम युरोपमा टी– २० ट्राइसिरिज तथा ऐतिहासिक पहिलो एकदिवसीय खेलपछि सोमबार स्वदेश फर्केको छ।

नेपालले नेदरल्यान्डविरुद्ध उसकै मैदानमा दुइटा ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र इंग्ल्यान्डको लर्डसमा त्रिकोणात्मक टी – ट्वान्टी सिरिज खेलेको थियो। तर टि–२० सिरिज वर्षाका कारण पूरै खेल्न भने पाएन।

स्वदेश फर्किएपछि कप्तान पारस खड्काले टिमले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए। साथै उनले अबको टिमको लक्ष्य एसियन कप छनोटमा स्थान बनाउने रहेको बताए। पारसले नेपाली क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। एसिसी एसिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुँदैछ। नेपाली टोली जेट एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।

युरोप भ्रमणमा गएका नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले नेदरल्यान्डविरुद्ध दुई खेलको ऐतिहासिक एक दिवसीय सिरिज खेलेको थियो। गत बुधबार र शुक्रबार भएको सिरिजमा नेपाल र नेदरल्याण्डले १ – १ खेल जितेका थिए। बुधबार भएको एक दिवसीय क्रिकेटको डेब्यु खेलमा नेपाल नेदरल्यान्डसँग ५५ रनले पराजित भएको थियो।

तर, शुक्रबार भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई १ रनले हरायो। उक्त जित नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो हो। सन् १९९६ मा एसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो। नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *