Sajhamanch Archive

यौन धन्दा चलाउने दुई युवती पक्राउ

Published: in समाज by .

काठमाडौं ।  राजधानीको विभिन्न स्थानमा फ्लाट भाडामा लिई यौन धन्दा संचालन गराउने दुईजना युवती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुर पाटन स्थायी घर भई हाल लाजिम्पाट डेरा गरी बस्ने २८ वर्षकी प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका-८ का -१८ वर्षीया मन्दिरा तामाङ रहेका छन्।

उनीहरूले पैसाको प्रलोभन देखाइ पर-पुरुषहरूसँग जबरजस्ती यौनसम्पर्क राख्न लगाई मोटो रकम अशुली गर्ने गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले विशेष सूचनाक आधारमा पक्राउ गरेको हो।

उनीहरूमाथि मानव बेचबिखन ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *