Sajhamanch Archive

छाडा सुँगुरबाट समस्या झेल्दै बजारबासी

Published: (Updated: ) in समाज, by .

कमल । झापाको कमल गाउँपालिकाको केर्खा बजारमा पुनः सुँगुरको विगविगी सुरु भएको छ ।

खुल्ला छोडिएका सुँगुरको विगविगीवाट व्यवसायीहरुलाई समस्या हुने गरेको स्थानिय बताउँछन् । खुल्ला रुपमा छोडिएका सुगुरले होटेल भित्र पस्ने, जथाभावी रुपमा भाँडा भित्र मुख लगाउने, सामान पोखिदिने जस्ता समस्या हुने गरेको स्थानीय होटल सञ्चालक दाताराम चापागाईले बताए ।

केहि वर्ष अगाडीसम्म सुँगुरको राजधानी भनेर चिनेने केर्खा बजारमा पछिल्लो समय सुगुर नियन्त्रणमा आएको थियो । तर अहिले आएर पुनः खुल्ला रुपमा सुगुर छोडेर पाल्न सुरु गरेकोले व्यवसायीलाई समस्या आउन थालेको छ ।

आफ्ना कारणले अरुलाई दुःख दिनु नहुने, सुगुर पालन गर्ने व्यवसायीले आफ्ना सुगुरलाई थुनेर पाल्नु पर्ने जथाभावी खुल्ला छोड्नु नहुने केर्खा बजारका व्यवसायी बताउँछन् । स्थानीय खगेन्द्र पौडेल भन्छन ः सुगर खुल्ला छोडेका कारण सबैलाई समस्या आएको छ । सडकमा दुर्घटना हुने सम्भावना पनि उत्तिकै छ । एउटा सुँगुरलाई जोगाउन खोज्दा दुर्घटना भएर कसैको ज्यान पनि जान सक्छ त्यसको जिम्मेवारी को हुने । पौडेलले आफ्ना सुँगुर थुनेर पालौ नत्र नपालौ भन्ने अभियान नै चलाउनु पर्ने बताए ।

छिमेकी बजार धरमपुर ,झिलझिले, डुँडामारी, पाडाजुँगीमा सुँगुर नियन्त्रण भै सकेको छ । अरु भन्दा पुरानो बजार भए पनि सुँगुरकै कारण बजारले आफ्नो पहिचान गुमाउँदै गएको स्थानिय खेबेन्द्र खतिवडा बताउँछन् ।

सार्वजनिक रुपमा सुँगुर छोड्र अरुलाई दुःख दिने काम गलत भएको भन्दै केर्खा बजार व्यवस्थापन समिति सदस्य बलबहादुर फागोले यसको दिर्घकालिन समाधान खोज्दै सुँगुर मात्र हैन कुनै पनि पशु चौपाया बजारमा छोड्न नमिल्ने बताए ।

केर्खा बजार कमल गाउँपालिकाकै मुख्य बजार हो । गाउँपालिकाको प्रवेश द्वार भएकाले पनि यसलाई व्यवस्थित गर्न सवैको दायित्व हुन आउँछ । तर वजारको अवस्था हेर्ने हो भने अन्यन्त नाजुक छ । बजारमा जताजतै सुँगुर, बाख्रा लगायत छाडा चौपाया छन् । बजारमा मुख्य वजारमा पनि खाल्डै खाल्डा छ । अन्य आसपासका बजारको अवस्था झन दयनिह छ । स्थानीय निकायका जनप्रतिनिधीले यस विषयमा ध्यान दिन आवश्यक देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *