Sajhamanch Archive

प्रहरीको गाडीले ठक्कर दिँदा एकको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । झापामा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति १ का २७ वर्षीय पंकज कोइरालाको मंगलबार विहान मृत्यु भएको हो ।

सोमबार साँझ ६ः ३० बजे विर्तामोडबाट सुरुंगा तर्फ जाँदै गरेको ना १ झ ५८६ नम्बरको इलाका प्रहरी कार्यालय सुरुंगाको गाडीले विपरित दिशाबाट आउँदै गरेको मे ८ प १२२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार कोइराला घाइते भएका थिए ।

उनको उपचारको क्रममा वीएण्डसी अस्पताल विर्तामोडमा आज विहान ५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव निरीक्षक कालिदास रेग्मीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *