Sajhamanch Archive

कपाल झरेरे तालु खुईले हुनु भयो ? चिन्ता नलिनुहोस, यसो गर्नुस !

Published: in विविधा by .

एजेन्सी । प्रायजसो टाउकोमा कपाल नहुने अवस्था बुढ्यौलीसँग सम्बन्धित छ । समयभन्दा अगाडि नै टाउकोमा कपाल नहुनुको धेरै कारणहरु छन् । जस्तै; तनाब , तौल घट्नु , विभिन्न प्रकारका खाद्यपदार्थ आदि ।
कपाल नहुनु महिला र पूरुष दुबैको निम्ति ठूलो समस्या हो । धेरै पटक कपाल गुमाउने समस्याले आत्मविश्वास घटाउनमा महत्वपूर्ण भुमिका खेल्दछ ।

यस समस्यालाई हटाउनको लागि बजारमा धेरै किसीमका वस्तुहरु पाईन्छन् । तर यस समस्याबाट पिडित सबैजनाले यस्ता महङ्गो सामानहरुको प्रयोग गर्न सक्दैनन् । हामी तपाइँलाई आज केही बैकल्पिक घरेलु उपायहरुबारे जानकारी दिन्छौैं । जुन कपाल नहुने समस्याबाट मुक्ति पाउनका लागि धेरै फाईदाजनक छ ।

सामाग्रीहरु:
१) २ चम्चा अँडिरको तेल
२) १ अण्डाको पहेंलो भाग
३) १ चम्चा जैविक कच्चा मह

विधि:
तीनैवटा सामाग्रीहरुलाई राम्रोसँग मिसाउनुहोस । त्यसपछि मिश्रणले कपालमा मालिश गर्नुहोस् । ३ घण्टापछि सफा पानीले पखाल्नुहोस् । यसै प्रक्रियालाई हप्तामा २ पटक ३ महिनासम्म गर्नाले कपाल नहुने समस्याबाट छुट्कारा मिल्दछ ।

-एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *