Sajhamanch Archive

कालोबजारी गर्ने अब जेल जानुपर्ने

Published: in राष्ट्रिय समाचार by .

विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ ।

सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाही व्यवस्था गरिएको हो ।

यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र विक्रि गर्नेले छुट पाउँदै आएका थिए ।

संविधानका मौलिक हकअन्र्तगत रहेको उपभोक्ताको हक कार्यन्वयनका लागि ल्याउन लागिएको विधेयकमा तोकिएको गुणस्तरभन्दा घटी वा बढी भएको कुनै वस्तु र सेवा उपभोग गरेर उपभोक्तालाई नोक्सानी भएमा कसुर गरेको मानिने उल्लेख छ ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *