Sajhamanch Archive

रियाल, रिंगिट, दिर्हाम लगायत मुद्राको मूल्य बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं ।  हिजोको तुलनामा मंगलबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रिदर २९ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३० रुपैयाँ ०९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रिदर २७ रुपैयाँ ०९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ ५६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ९४ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

– उज्यालो 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *