Sajhamanch Archive

नमस्ते झरना केही दिनमै सञ्चालन

Published: (Updated: ) in प्रदेश तह by .

धनकुटा । धनकुटाको पर्यटकीयस्थल साँगुरीगढी गाउँपालिका वडा नं६ सिम्सुवा खोलामा अवस्थित नमस्ते झरनाको निर्माण कार्य सम्पन्न भएको छ।

गत असार १ गते विक्रम तामाङ परिवारसँग झरना घुम्न आउँदा अचानक ढुंगा खसेर घाइते भएपछि उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको घट्नापछि झरना जोखिमपूर्ण भएको भन्दै व्यवस्थापन समितिले सर्वपक्षीय छलफलपछि नमस्ते झरनामा अनिश्चितकालको लागि पर्यटक आवागमन बन्द गरेको थियो।

झरना आवागमन बन्द गरेर करिब एक महिनाभन्दा बढी लगाएर झरना घुम्न आउने पर्यटकको सुरक्षाको लागि झरनाको दायाँबायाँ माछिकाँडे जाली लगाइएको छ।

व्यवस्थापन समितिका संस्थापक अध्यक्ष अग्नि लिम्बूका अनुसार झरनामा ढुंगा नझर्ने गरी माछीकाँडे जाली लगाउने काम सकिएको छ।

नमस्ते झरनामा जान बन्द गरिएपछि पूर्वी तराईसहित भारतको दार्जेलिङ, बिहारलगायतका ठाउँबाट आउने सयौँ पर्यटक निराश हुने गरेका छन्। झरनाको चिसो पानीमा रमाउन तराईसहित भारतबाट दैनिक ४ सयको भन्दा बढी पर्यटक आउने गरेका थिए। तीमध्ये अधिकांश भारतीय पर्यटक हुन्।

तर, झरना व्यवस्थापन समितिले एक महिनायता झरना प्रवेशमा रोक लगाएसँगै दैनिक सयौँ पर्यटक निराश हुँदै झरनाको प्रवेशद्वारबाट फर्कन बाध्य भएका छन्।

जोखिमपूर्ण बनेको रनाको चाँडै व्‍यवस्थापन गरी प्रवेश खुलाउन स्थानीय बासिन्दा, होटल व्यवसायी तथा पर्यटकको माग छ।

यता, झरना व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार लिम्बूले अबको केही दिनमा औपचारिक रुपमा झरनामा पर्यटक आवतजावत खुला गर्ने बताए।

उनले झरनामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि अबको दिनमा थप सुरक्षा व्यवस्था अपनाइने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *