Sajhamanch Archive

कहाँ हराए ३ सय ८७ मानिस ?

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

मेचीनगर । काँकरभिट्टा क्षेत्रबाट मानिस हराउने क्रम बढ्दै गएको छ । आफन्त संघ संस्था र प्रहरीले खोज्दा समेत मानिसहरु कहाँ जान्छन, पत्ता लाग्न सकेका छैनन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको महिला तथा बालबालिका केन्द्रको तथ्याङ्क अनुसार वितेको आर्थिक वर्ष २०७४÷०७५ मा मात्र १ सय ४८ जना मानिस हराएका छन् । हराउनेमा महिलाको संख्या उल्लेख्य छ ।

तिनमा ८५ महिला, ३४ पुरुष, १३ बालक र १६ बालिका छन् । त्यो वर्ष सवैभन्दा बढी ८५ जना महिला हराएको निवेदन परे पनि १९ जनामात्र फेला परेका थिए । हराएका ३४ जना पुरुषमध्ये २७ जनाको अझै टुङ्गो लागेको छैन् । सातजनामात्र फेला परेका छन् । त्यसै गरी १३ बालक र १६ जना बालिका हराएको निवेदन परेपनि २ बालक र ५ बालिकामात्र प्रहरीले फेला पारेर आफ्न्तको जिम्मा लगाएको छ ।

मानिस हराउने क्रम हरेक वर्ष बढ्दो छ । केन्द्रको चारवर्षको तथ्याङ्क हेर्ने हो भने पनि फेला पर्ने भन्दा हराउने कै संख्या उच्च छ । आर्थिक वर्ष २०७१÷०७२ मा ८१, २०७२÷०७३ मा १ सय ४१ र २०७३÷०७४ मा १ सय २५ जना हराएको निवेदन परेको थियो । यसरी हेर्दा चारवर्षमा ४ सय ९५ मानिस काँकरभिट्टाक्षेत्रबाट हराएको उजुरी परेको छ ।

सो अवधिमा हराएकामध्ये कुल १ सय ८ जनामात्र भेटिएका छन् । बाँकी ३ सय ८७ को अत्तोपत्तो छैन् । हराउने अधिकाँश महिला र बालबालिका रहेका छन् । मानिस हराएपछि उनीहरुका परिवारले खोजविनका लागि प्रहरी कार्यालयमा निवेदन दिएपनि कुनै अत्तोपत्तो छैन् । हराएकामध्ये आर्थिक वर्ष २०७१÷०७२ मा २०, २०७२÷०७३ मा २६ २०७३÷०७४ मा २९ र २०७४÷०७५ मा ३३ जनामात्र फेला परेका थिए ।

कार्यालयमा हरेक वर्ष मानिस हराएको निवेदन परे पनि फेला पर्नेको संख्या भने न्यून छ । हराएपछि शुरुमा आफ्न्तले खोज्ने र कहि कतै पत्तो नलागेमात्र प्रहरीमा उजुरी गर्ने गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराई बताउँछन् ।‘एक त उजुरी नै ढिलो गर्दछन्’ प्रहरी नायव उपरीक्षक भट्टराईले भने—‘प्रहरीले खोजेर फेला पारेपछि आफ्न्तको जिम्मा लगाउछ, समयमै प्रहरीलाई खवर गर्ने हो भने तत्काल भेट्न सकिन्छ । कति खोज्दा पनि फेला पर्दैनन र पछि आफै परिवारको सम्पर्कमा आउछन् तर फेला परेको जानकारी प्रहरीलाई गराउदैनन् यसले गर्दा पनि हराउनेकै संख्या बढी देखिएको हो ।’

केन्द्रका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा ४७ महिला, १२ बालक, ३ बालिका र १९ पुरुषगरी ८१ जना हराएको निवेदन परेको थियो । तर, ११ महिला, १ बालक २ बालिका र ६ पुरुषगरी २द्द जनामात्र फेला पारेर प्रहरीले आफ्नो जिम्मा लगाएको थियो । २०७२÷०७३ मा १ सय १ महिला, १० बालक, १२ बालिका १८ पुरुष गरी १ सय ४१ जना हराएको अभिलेख केन्द्रसँग छ । तर ६३ महिला, १४ बालक, ९ बालिका र २९ पुरुष गरी कुल १ सय १५ जनाको अझै टुङ्गो लाग्न सकेको छैन् ।

२०७३÷०७४ मा ७५ महिला, १३ बालक, १५ बालिका २२ पुरुषगरी १ सय २५ जनाको खोजतलासका लागि केन्द्रमा निवेदन परेपनि ११ महिला ७ बालक ८ बालिका ३ पुरुष गरी २९ जनामात्र फेला परे । ६४ महिला ६ बालक, ७ बालिका र १९ पुरुषगरी ९६ जनाको अवस्था अझै थाहा छैन् ।

यी मध्ये धेरैजना परिवारको सम्पर्कमा आएको अशंका प्रहरीको छ । तर, सम्पर्कमा आएपछि प्रहरीलाई खवर नगरेका कारण तथ्याङ्कमा हराउनेको संख्या यस्तो उच्च देखिएको प्रहरी नायव उपरीक्षक भट्टराईको छ । एकजना महिलाअधिकारकर्मीका अनुसार धेरै मानिस विभिन्न वहनामा भारतीय बजारमा पुग्छन् । त्यही भएर पनि प्रहरी र आफ्न्तले उनीहरुलाई भेट्टयाउन समस्या हुने गरेको हो । कतिलाई रेष्टुरेन्ट तथा डान्सवारले विनापारिश्रमिक जोखिमपूर्ण काममा लगाउने गरेको बताइएको छ ।

बालबालिका भने अभिभावकको रेखदेखको अभावले हराउने गरेका छन् । घरपरिवारमा आमाबाबुबीच राम्रो सम्बन्ध नभएका, आमा मरेका वा आमाले दोस्रो विवाह गरेर छाडेका,सौतेनी आमा भएका नराम्रो कुलतमा लागेका बालबालिका बढी हराएको प्रहरीले जनाएको छ । बालअधिकारकर्मी मणिकुमार लिम्बु पारिवारिक वातावरणका कारण पनि बालबालिका बढी हराउने बताउछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *