Sajhamanch Archive

निरीक्षणको नाममा प्रधानसेनापति क्षत्रीले सके डेढ करोड

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षतिले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनअघि तीन सातामा तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन्।

प्रतिघण्टा चार लाख ५५ हजार ८६५ रुपैयाँ र ९३ हजार ६०७ रुपैयाँ लाग्ने एमआई १७ र बेल हेलिकप्टर रजिर्भ गरेर तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका हुन्।

कतिपय अवस्थामा स्थलमार्गबाटै अवलोकन गर्न सकिनेमा ४०५० किमी लामो दूरीमा पनि हेलिकप्टर प्रयोग भएको छ। रिजर्भ हेलिकप्टरको मात्रै भाडा हिसाब गर्ने हो भने सेनापतिले निरीक्षणमा डेढ करोड रुपैयाँ हाराहारीमा खर्च भएको सैनिक उच्च स्रोत बताउँछ।

सैनिक हवाई महानिर्देशनालय स्रोतका अनुसा यदि माथि उल्लेख गरिएका जति हेलिकप्टर सरकार वा अन्य निकायल प्रयोग गरे तीन करोड रुपैयाँभन्दा बढी भाडा तिर्नुपर्ने हुन्छ।

कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *