Sajhamanch Archive

आज नेवार समुदायहरु गठे मंगल पर्व मनाउँदै

Published: in समाज by .

काठमाडौं । आज गठे मंगल पर्व, राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर यो पर्व मनाउँदै छन् ।

साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ ।

आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ । त्यसअघि, नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीनपटक परिक्रमा गराउने परम्परा छ ।

कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि रहेको छ ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ ।

ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *