Sajhamanch Archive

मुक्तिनाथ विकास बैंकको दमकमा शाखा उद्घाटन

Published: in राष्ट्रिय समाचार by .

दमक । मुक्तिनाथ विकास बैंकले झापाको दमकमा आफ्नो शाखा विस्तार गरेको छ । दमक शाखाको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

दमक नगरपालिका ५ पाथिभरा होटलसंगैको घरमा बैंकको शाखा स्थापना गरिएको बैंकका दमक शाखाका मेनेजर दिनेश लुइँटेलले बताए । बैंकको उद्घाटन नगर प्रमुख रोमनाथ ओलीले गरेका थिए । २०६३ सालमा स्याङजा जिल्लामा बैंकको रुपमा स्थापना भएको मुक्तिनाथ विकास बैंकले एक दशकको अन्तरालमा राष्ट्रिय स्तरको बैंकको मान्यता पाउन सफल भएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले बैंकको अवस्थाबारे स्पष्ट पारेका थिए ।

झापामा मुक्तिनाथ विकास बैंकको शाखा दमकमा पहिलो हो । केही समयपछि बिर्तामोडमा पनि शाखा स्थापना गर्न लागेको बताइएको छ । बैंकको दुई अर्ब ५९ करोड चुक्ता पूँजी रहेको सीइओ पोखरेलले बताए । उनले बैंकसँग गत आर्थिक बर्षको अन्त्यसम्ममा ३० अर्ब ३५ करोड रुपैयाँ निक्षेप रहेको बताए ।

बैंक उद्घाटन सत्रमा व्यवसायी प्रकाश प्रसाई, मानव अधिकार संगठनका जिल्ला अध्यक्ष डिल्ली भट्टराई, वडाध्यक्ष इन्द्र गुरुङ्ग, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रोमनाथ ओलीले बैंकलाई दमकमा व्यवसायीक सफलताको शुभकामना व्यक्त गरे । उनीहरुले मुक्तिनाथ विकास बैंकले दमकमा व्यापारीक जमघट बढाउनुका साथै वित्तीय अनुशासनलाई अझ बढी जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *