Sajhamanch Archive

कोरियाली कृषि विशेषज्ञ र प्राविधिकसहितको टोली शिवसताक्षीमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । दक्षिण कोरियाका कृषि विशेषज्ञ र प्राविधिकसहितको टोलीले शिवसताक्षीका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ ।

कोरियाली टोलीमा कृषि विभागका चियरमेन एनइके र एन के प्यानल कम्पनीका चियरमेन ग्रील होसाङ्गसहित विशेषज्ञ एबम् प्राविधिकहरुले शिबसताक्षी नगरपालिकाका जनप्रतिनिधिसँग विहीबार अन्तरक्रिया एवं छलफल गरेका हुन् ।

टोलीका एक के प्यानल कम्पनीका चियरमेन होसाङ्गले नेपालमा आधुनिक कृषिको विकास र प्रवद्र्धन गर्न चाहेको बताए । उनले आफ्नोन अुनभव र प्रविधिलाई नेपालमा ल्याएर आधुनिक कृषितर्फ विकास गर्दै यहाँको उत्पादनलाई बृद्धि गर्न दक्षिण कोरियाको तर्फवाट सहयोग गर्न विचार व्यक्त गरे ।

सो कार्यक्रममा कृषि विभागका चियरमेन एनइकेले नेपालमा थुप्रै खाले संम्भवानाहरु भएरपनि त्यसलाई उचित ढंङ्गमा प्रयोग गर्न नसकिरहेको बताए । उनले कृषिमा आधुनिकरण र वैज्ञानिक ढंङ्गमा परिवर्तन गरेर उत्पादन र त्यसलाई अन्तराष्ट्रिय मुलुकसम्म निर्यात गर्न सके नेपालको अर्थतन्त्र मजबुद हुने बताए ।

एन के प्यानल नेपालका प्रेसिडेण्ट डिएल नेम्बाङले कृषिसंगै नेपालको ग्रामिण क्षेत्रमा सोलार वक्ति, हाउजिङ र फोहोर व्यवास्थापनमा कोरियाली टोलीले काम गर्ने जानकारी दिए । उनले दक्षिण कोरियालीको प्राविधिक सहयोगवाट झापामा मात्रै आधा दर्जन प्रोजेक्ट सञ्चालन भइरहेको जानकारी दिए ।

नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्यहरु लगायत राजनीतिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा एक के प्यानल नेपालका बोर्ड डाइरेक्ट्रर चन्द्रवीर नेम्बाङको समेत उपस्थिति थियो । कार्यक्रमलाई एन के एग्रीकेल्चर कम्पनी प्रालिका भीमप्रसाद सम्बाहम्फेले सहजिकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *